प्रिमियर इन्स्योरेन्सको नाफा ५.६० प्रतिशतले बढ्दा बिमा कोषमा कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सले ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५.६० प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यसले ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको बिमा कोषको आकार भने २६.७७५ ले बढेर ८५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क ९.६०प्रतिशत ले बढेर ७६ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६९ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसाले बढेर ३४ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
प्रिमियर इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ५२ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ र जगेडा कोषमा ७६ ४० करोड ९१ लाख रुपैयाँ छ ।
वि.सं.२०७८ भदौ १ १०:२५