डिम्याट खातामा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । इन्स्योरेन्सले गत जेठ १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नु पर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने इन्स्योरेन्सले जनाएको छ । लुम्बिनी जनरलको जेठ २८ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । नगद लाभांश भने यसअघि नै खातामा जम्मा भइसकेको छ ।
वि.सं.२०७८ भदौ १४ ०९:२१