प्राइम लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
वि.सं.२०७८ असोज ८ १७:०९