back
stc
prabhu insurance

सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी बीच सम्झौता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ ।

सरकारले आ.व. २०७५०/७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नु पर्ने व्यवस्था गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शत प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै गर्ने सम्झौता भएको सिटिजन लाइफका सीइओ पोषक राज पौडेलले वताए ।

शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।