back
hangrilabank
himalayanlife
stc

१० लाख ४२ हजार रुपैयाँ यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ ।

उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सी म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका–४ माघीका मृतक बीमितको हकवाला श्रीमती बिना चौधरीलाई चेक रकम हस्तान्तरण गरेका हुन् ।

बीमितले २०७५ फाल्गुन २८ गते ५ लाख बीमाको बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । बीमितको गत साउन २६ गते काम गर्ने क्रममा करेन्ट लागि निधन भएको थियो ।