सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सहमति गरेका छन् । यी दुई कम्पनीहरुबीच असार २७ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ ।
हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।
वि.सं.२०७९ असार २७ २१:१८




















