back
prabhu insurance
himalayanlife

प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तिनकुनेमा सम्पन्न भएको सभाले मर्जरको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीले अन्य बीमा कम्पनीहरु सँग मर्जरका लागि अनौपचारिक रुपमा निरन्तर छलफल गरिरहेको छ । बीमा समितिले मर्जरका लागि दवाव दिए सँगै कम्पनीहरु मर्जरका लागि जुटेका छन् । अहिलेसम्म ९ बीमा कम्पनीहरुले मर्जरको सहमति गरिसकेका छन् भने दुई वटाले यहि साउन एक गदेखि एकिकृत कारोबार गर्दै छन् ।