back
stc
prabhu insurance

सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटे

काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२ प्रतिशत ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा सिद्धर्थको खुद बिमा शुल्क आर्जन १४५ ले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

लगानी, कर्जा तथा अन्य आम्दानी ११.५९ प्रतिशत ले घटेपछि कम्पनीको खुद नाफा प्रभावित भएको छ । बिमा कोषको आकार १५.९३ प्रतिशत ले बढेर १ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

जगेडा कोषको आकार भने ९.३७ प्रतिशत ले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा छ । हाल यो कम्पनी प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।