मर्जर प्रक्रियामा रहेको प्राइम लाइफ इन्स्योरेन्सले २२ करोड ८८ हजार रुपैयाँ नाफा आर्जन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २२ करोड ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्ष यस इन्स्योरेन्सले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा २८.६१ प्रतिशतले घटेको हो ।
कम्पनीले नोक्सानी व्यवस्थाका लागि ८ करोड ९६ लाख रुपैयाँ छुट्याएपछि नाफामा प्रभाव परेको देखिएको छ ।
असार मसान्तसम्म कम्पनीको जगेडा कोष पनि २३.०५ प्रतिशतले घटेर ५३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।
जीवन बिमा कोषको आकार भने २६.२९ प्रतिशतले बढेर १८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १५.७९ प्रतिशतले बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ ।
यसको प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ ६४ पैसा छ । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स अहिले मर्जर प्रक्रियामा रहेका छन् ।

वि.सं.२०७९ साउन ३० ०९:२७



















