सुर्या लाइफले सेयर धनीलाई लाभांश नदिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लि.ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफ इन्स्योरेन्स लि.सँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको जनाएको छ।
वि.सं.२०७९ असोज ११ १८:०१




















