back
stc
prabhu insurance

नेपाल लाइफको कल सेन्टर दशैंको विदामा पनि संचालनमा रहने

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्ने जनाएको छ ।

ग्राहकहरुले इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने कम्पनीले बताएको छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।