back
stc
prabhu insurance

नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न 

काठमाडौं । । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यश प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त्तरुपमा प्रकश पार्नु भएको थियो ।

कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो ।

कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गर्नुभएको थियोे ।

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।