back
stc
prabhu insurance
nabil

सानिमा रिलायन्सको भव्य उद्घाटन, मर्जर पछि कर्मचारीको क्षमता बढाउन सिलवालको सुझाव

काठमाडौं । सानिमा रिलायन्स लाइफले एकिकृत कारोबारको भव्य उद्घाटन गरेको छ । जीवन बीमा क्षेत्रमा सानिमा लाइफ र रिलायन्स लाइफले बराबरी हैसियतमा मर्जर सम्पन्न गरेका हुन् ।

मर्जरको विशेष कार्यक्रमलाई संबोधन गर्दै नेपाल बीमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद सिलवालले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई मर्जर जस्तो चुनोतिपुर्ण काम सम्पन्न गरेको भन्दै दुबै कम्पनीका सञ्चालक र उच्च व्यवस्थापकलाई बधाइ दिएका छन् ।

मर्जर समयको आवस्यकता भएको भन्दै उनले क्यापिटल प्लानमा मर्जरलाई आत्मसाथ गरेकोमा आभार व्यक्त गरेका छन् । मर्जर सँगै कम्पनीको क्षमता बढेको हुँदा पूँजीको सदुपयोग गर्न उनले अनुरोध गरे ।

कार्यक्रमलाई संबोधन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जर सबै कुराको समाधान नभएको प्रतिक्रिया दिएका छन् । बैंक वित्तीय संस्थाहरु मर्जरका क्रममा ठुला भएका तर ति कम्पनीमा कुनै सानो समस्या देखियो भने त्यसको प्रभाव धेरै ठुलो हुने हमालले चेतावनी समेत दिएका छन् ।

हमालको यस्तो चेतावनी पछि अध्यक्ष सिलवालले बीमा मर्जर सबै कुराको उपचार होइन तर धेरै कुराको उपचार भएको प्रतिक्रिया दिएका छन् । मर्जरले कम्पनीको आधार बढ्दै गर्दा क्षमता पनि बढेको सिलवालको दाबी छ ।

हिजोका दिनमा बीमा कम्पनीको क्षमता धेरै कम थियो तर आजका दिनमा हरेक विषयवस्तुमा अनुसन्धान गर्न सक्ने भएको हुँदा क्षमता बढाएर अगाडी बढ्नु पर्ने उनको धारणा छ ।

नेपालको अर्थतन्त्रका विषयमा धेरै नै टिकाटिप्पणी भइरहेको भन्दै बोर्डका अध्यक्ष हमालले पछिल्ला दिनमा अर्थतन्त्र चुनौतीपुर्ण देखिएको प्रतिक्रिया दिए । यसै सन्दर्भमा हमालले कम्पनीहरुलाई कष्ट अफ फण्ड घटाउन सुझाव दिएका छन् ।

बैंकिङ क्षेत्रमा अधिकाम्स मर्जर सफल नभएको अवस्थामा यसले भोलिका दिनमा थप समस्या सिर्जना गर्न सक्ने उनले चेतावनी समेत दिए ।

बीमा कम्पनीहरुले मर्जर पछि धेरै कुरामा खर्च बचाउन सक्ने हुँदा सिनर्जी आउने सिलवालको दाबी छ । बीमा कम्पनीहरुले खर्च कटौती गर्दै ग्राहकहरुलाई लगाउदै आएको चार्ज पनि घटाउनु पर्ने सिलवालको भनाइ छ । बीमाको परम्परागत तरिकालाई तोड्न समेत उनले सुझाव दिएका छन् ।

बीमा कम्पनीहरुले अझै पनि पोलिसीमा इनोभेसन गर्न नसकेको उनले आरोप लगाए । प्राधिकरणले मुनाफाको १.५ प्रतिशत रकम कर्मचारीहरुको बृत्ती विकास र क्षमता बढाउन तर्फ केन्द्रित हुनु पर्ने उनको भनाइ छ । मर्जरले दुई कम्पनीले आ(आफ्नो व्यवसायिक गोपनियतालाई सदुपयोग गर्नु पर्ने उनको धारणा छ ।

सरकारले अझै पनि बीमालाई नबुझेको भन्दै गुनासो गरे । प्राधिकरणले केन्द्रिय सरकारदेखि स्थानीय सरकारलाई बीमाको महत्व र आवस्यकता बुझाउने काम गरिरहेको दाबी गरे ।

स्थानीय निकाय सँगको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सबैले दाबी भुक्तानी नपाएको भन्दै गुनासो गरे पछि प्राधिकरणले बीमा दाबी भुक्तानीलाई प्राथमिकताका साथ हेरेको उनले बताए ।

आगामी बजेटमा पनि नेपाल बीमा प्राधिकरणले धेरै भन्दा धेरै बीमाको विषयवस्तुलाई समेट्ने प्रयास गरिरहेको अध्यक्ष सिलवालले जानकारी दिए ।

नेपालमा बीमाको पहुँच दक्षिण एशियाकैं उच्च रहेको सिलवालले दाबी गरे । आजको कार्यक्रममा कम्पनीका अध्यक्ष ताराचन्द्र केडियाले मर्जरमा जानु पर्ने अवस्थालाई प्रष्ट पारेका थिए । बीमा प्राधिकरणले तय गरेको क्यापिटल पुरा गर्न मर्जरको नीति लिइएको उनले प्रष्ट पारेका छन् ।