back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा आह्वान

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिकक साधारण सभा आउँदो फागुन ११ आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०७७९/८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस शेयर अनुमोदन गर्नेछ।

बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने विशेषा प्रस्ताव पनि सभाले पारित गर्नेछ।

बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। जुन जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै हुनेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।