back
prabhu insurance
himalayanlife

बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो । राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गर्नुभएको थियो ।

तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।