back
prabhu insurance
himalayanlife

२० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गा समेत धितो राख्न सक्ने व्यवस्था

काठमाडौं । एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २५ प्रिमियम तिरेरै ऋण पाउने भएका छन् ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गा समेत धितो राख्न सक्ने व्यवस्था गरेको हो ।

निर्देशनमा भनिएको छ, ‘प्रत्यक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्न भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनु पर्नेछ ।’ केन्द्रीय बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको हो ।

साथै कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्कको स्थापना गर्न समेत निर्देशन दिएको छ ।