back
stc
prabhu insurance
nabil

साउदी अरबले अमेरिकालाई टेरेन, तेल उत्पादन नबढाउने अडान कायमै

साउदी अरबले अमेरिकाको आग्रह र धम्की दुवैलाई नटेर्ने जनाएको छ । कच्चा तेलको उत्पादन बढाउन अमेरिकाले गरेको आग्रहलाई साउदी अरबले इन्कार गरेको बीबीसी हिन्दीले जनाएको छ ।

साउदी अरबका विदेशमन्त्रीले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरूबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको बताएका छन् ।

रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको छ । गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि साउदी अरेबियाको भ्रमण गरी मोहम्मद बिन सलमानलाई तेल उत्पादन बढाउन मनाउन आग्रह गरेका थिए।

तर, यसको प्रभाव लामो समयसम्म रहन सकेन र साउदी अरबले तेल उत्पादन बढाएन । युक्रेन युद्ध पछि, बाइडेन प्रशासन र जी सेभेन देशहरूले तेल निर्यातबाट आय कम गर्न रूसी तेलमा मूल्य क्याप लगाएको छ। रुसले ओपेक प्लस देशको उत्पादन नबढाएमा बढी आम्दानी गर्नेछ ।

साउदी अरबले तेलको  उत्पादन  नबढाएर  रुसलाई सहयोग गरिरहेको अमेरिकाको आरोप रहेको छ । तेल उत्पादक राष्ट्रहरूको ओपेक प्लस समूहको नेतृत्वमा रुस पनि छ।