नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्तलाई आइपीओ ल्याउन अनुमति
काठमाडौं । जीवन विकास लघुवित्तले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । अब यस कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।
यस आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
वि.सं.२०७८ असार १ ०७:५६