back
hangrilabank
himalayanlife
stc

समता घरेलु लघुवित्तको नाफामा आकर्षक वृद्धि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा १११.११% ले बढेर १० करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५ करोड १३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

खुद ब्याज आम्दानी ६५.९४५ ले बढेर २० करोड ४९ लाख ३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १११.११% ले बढेर १७ करोड २० लाख २ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०८ पैसाले बढेर ३७ रुपैयाँ ९४ पैसा वार्षिक पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा छ ।