भदौ २८ गते डिप्रोक्स लघुवित्तको सेयर लिलामी आवेदन भर्ने समय

काठमाडौं । भदौ २८ गते सोमबार अन्तिम डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने दिन हो । यस कम्पनीले भदौ ८ गतेबाट ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ निर्धारण गरिएको छ ।
आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल पुतलीसडक, काठमाडौंबाट आवेदन पेश गर्न सक्नेछन् । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ भदौ २७ ०९:५३