स्वाभिमान माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्त संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सूथाको चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ ।
वित्त कम्पनीले चुक्तापुँजीका ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशत लाभांश शेयरधनीहरुलाई दिने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७८ असोज १७ १८:३६



















