back
prabhu insurance
himalayanlife

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । आफ्नो १३ औं वार्षिक साधारणसभा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलाएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा  कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। साविकको जनकपुर लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार प्रारम्भ भएको मितिपछि कारोबार भई कायम भएका नयाँ सेयरधनीहरु तथा थप खरिद गरेको सेयरको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी स्वयंले तिर्नुपर्नेछ।

सोही सभाले अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांक प्रतिवेदन तयार गर्ने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने भएको छ।

गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाबाट पारित हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही कात्तिक १२ गतेदेखि कात्तिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन योग्य हुनेछन्।