back
stc
prabhu insurance

गुराँस लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १ हजार ३४८ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको १६।९०५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज सोमबार कात्तिक ८ गते बुक क्लोज गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यसको साधारण सभा कात्तिक २२ गते हुने भएको छ । सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।