back
stc
prabhu insurance

एनआईसी एशिया लघुवित्तको नाफा १५०.५१ प्रतिशत बढयो

काठमाण्डौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड २६ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १४९.९१ प्रतिशतले बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड ३२ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी पनि १२७.५१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ३१ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७० करोड ७० लाख रुपैयाँ भएको छ।

संस्थाले २० अर्ब ६१ करोड रुपैयाँ सापटी लिएर २२ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १० अर्ब २२ करोड रुपैयाँ सापटी लिएर ९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १६६.०६ प्रतिशतले बढेर ९९ करोड ८५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३७ करोड ५३ लाख रुपैयाँ रहेको थियो। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.४१ रुपैयाँ पुगेको छ। पीई रेसियो ३०.२१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.४१ रुपैयाँ रहेको जनाएको छ।