जनउत्थान लघुवित्तको बोनस शेयर डिम्याट खातामै जम्मा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस शेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरि दिएको छ । लघुवित्तले २० पुससम्म शेयर डिम्याट गराएका सेयरधनीको बोनस शेयर खातामा पठाइदिएको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
जनउत्थानको गत ३० पुसमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
वि.सं.२०७९ असार १६ ११:४५




















