धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालयसम्म मात्रै आईपीओमा आवेदन दिन सकिने छ ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
वि.सं.२०७९ साउन २९ ०८:०२


















