भदौ ८ गतेदेखि खप्तड लघुवित्तले आइपीओ खुला गर्ने
काठमाडौं । भदौ ८ गतेदेखि खप्तड लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।
यो मध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।
केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
वि.सं.२०७९ साउन ३० ०८:२०



















