back
stc
prabhu insurance

फागुन ३० गतेबाट सीवाइसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक कास्कीमा रहनेछ ।

यता, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ कारोबार फागुन २८ र २९ गते बन्द हुने कम्पनीले जनाएको छ ।