चैत ११ गते वार्षिक आशा लघुवित्तको साधारण सभा
काठमाडौं । चैत ११ गते वार्षिक आशा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्ने भएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय, ककनी–६, नुवाकोटमा बिहान १० बजेबाट सुरु हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभाले अन्य लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमाबली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि यस संस्थाले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । फागुन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ फागुन १७ ०९:१४



















