back
prabhu insurance
himalayanlife

चैत ८ गते नाडेप लाघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा

काठमाडौं । नाडेप लाघुवित्त वित्तीय संस्थाले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा, नैबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।  यस अघि संस्थाले घोषणा गरेको १०.५२६ प्रतिशत लाभांश राष्ट्र बैंकले रद्द गरेको थियो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको छ।

प्रस्तावित लाभांश वितरण गर्न नसकिने भएकाले रद्द गरिएको नाडेपले जानकारी गराएको छ । यसअघि, नाडेप र डिप्रोक्स लघुवित्तबीच भएको एक्विजिसन सम्झौता तोडिएको थियो ।