back
stc
prabhu insurance

सीवाइसी नेपाल लघुवित्तको नाफा घट्यो 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्ला सीवाइसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३% ले घटेर १९ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको हो ।यसअवधिमा खुद ब्याज आम्दानी ६.७२% ले घटेर ५ करोड ६३ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष यस लघुवित्तले २ करोड १८ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकोमा यस वर्ष १३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोर्न परेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा ३.६७% ले बढेर ६.५४% पुगेको छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि ह्वातै घटेको छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ९२ पैसाले घटेर २ रुपैयाँ ८६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ २३ पैसा छ । चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ छ ।