back
stc
prabhu insurance

अभियान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा असार ६ गते 

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, अन्य  उपयुक्त वित्तीय  संस्थासँग  मर्जर अथवा  एक्विजिशन सम्बन्धि  कार्य  गर्न तथा बैंकको  प्रबन्धपत्र तथा   नियमावली  संशोधन  गर्न  सञ्चालक  समितिलाई  अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा–४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।