back
prabhu insurance
himalayanlife

हिमालयन लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारणसभा मंसिर २७ गते

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ। लघुवित्त वित्तीय संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो।

लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले मंसिर १६ गते बुक क्लोज गर्नेछ। यसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिने अवसर प्राप्त गर्नेछन्।