विवेकशिल साझा पार्टीका संस्थापन संयोजक उज्ज्वल थापाको निधन

काठमाडौ । विवेकशिल साझा पार्टीका संस्थापन संयोजक उज्ज्वल थापाको आज अपरान्ह कोरोनाको भेन्टिलेटरमा राखि उपचार गर्दागर्दै दुस्खद निधन भएको छ।
एउटा होनहार, युवाका प्रिय राजनीतिमा स्वच्छता र आदर्श बोकेर सिम्पल स्वभावका, युवा जगतमा ठूलो विश्वास जगाउदै आएका उज्ज्वल भविष्यप्रति आशा जगाउदै आएका ४४ वर्षीय युवा नेता थापाको निधन प्रति युवा जगत दुस्खित भएको छ। भावपूर्ण श्रद्धान्जली। स्व थापाको बैकुण्ठबास होस्। परिवारजनमा समवेदना।
उनको अभावमा पनि युवावर्गमा उनको आदर्श पछ्याएर एउटा सभ्य राजनीतिक कल्चर स्थापित गर्ने अभियानमा कहिल्यै कुनै कमी नआओस्।
उनको लोकप्रियता विश्वभरिका नेपालबीच ब्यापक थियो। उनको स्वास्थ्यप्रतिको हजारौँ लाखौँको ब्यापक चॉसोले पनि उनीप्रतिको विश्वास दर्साईरहेको थियो । आज दिउँसो १ बजेदेखि यसको चर्चा चलिसकेको थियो। जनताले नचाहेको अप्रिय घटना सुन्नुपर्दा कतिपयहरू आक्रोशित भएका थिए। हुनेहुनामीलाई टार्न सकिदो रहेनछ।
उज्जवलको निधनबाट देशको राजनीति ठूलो क्षति भएको छ । विवेकशील साझाप्रति आवद्ध सबै कार्यकर्ताहरू प्रति विशेष समवेदना ब्यक्त गर्न चाहन्छौ।
वि.सं.२०७८ जेठ १८ १८:५६