back
prabhu insurance
himalayanlife

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई महानगरका वडा स्तरमा भेरोसेल खोप जेठ २५ गतेदेखि दिइने

काठमाडौँ । जेठ २५ गते सोमबारदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिनेहरुका लागि त्यसपछि ६५ बर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो ।

यी व्यक्तिहरुलाई उपलब्धताका आधारमा कसैलाई कोभिसिल्ड (भारतीय खोप) र कसैलाई भेरोसेल (चाइनीज) खोप दिइएको हो । यसरी खोप पाएका मध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णय अनुसार महानगरपालिका सहित गत जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

No description available.