भारतीय सेनाद्धारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डा (Grand Hall) मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ ।
कोभिड–१९ महामारीको प्रति कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्धारा नेपाली सेनालाई भेन्टिलेटर, ICU वेडहरु, PPEसेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु आज २०७८ ज्येष्ठ २८ गते प्रदान गरिएका हुन् ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।
वि.सं.२०७८ जेठ २८ १२:२१