back
stc
prabhu insurance

रोकिएको खोप आजबाट पुन शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप पुन: लगाउने शुरु भएको छ । खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन शुरु हुन लागेको हो। यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

काठमाडौं महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

जेठ २५ गतेबाट काठमाडौं उपत्यका सहित देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो। दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकिएको जानकारी दिएको थियो।