११ वटा वाणिज्य बैंकको खुद नाफा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सबैभन्दा थोरै नेपाल बैंकको ६.२९ प्रतिशतले र सबैभन्दा बढी सेञ्चुरी बैंक ५१.७८ प्रतिशतले घटेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा २६.५३ प्रतिशतले घटेर ३ अर्ब २७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ३१.०१ प्रतिशतले घटेर २ अर्ब ३९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपाल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ६.२९ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।
हिमालयन बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ४४.७८ प्रतिशतले घटेर १ अर्ब ४० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ३१.०८ प्रतिशतले घटेर १ अर्ब ७२ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ९८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ३१.५४ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा २२.६३ प्रतिशतले घटेर १ अर्ब १६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ ।
सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तमा १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ७।७२ प्रतिशतले घटेर १ अर्ब २८ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।
लक्ष्मी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ६।८९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।
सेञ्चुरी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ९० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा ५१.७८ प्रतिशतले घटेर ४३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।
वि.सं.२०७८ जेठ ३१ १०:४४