back
stc
prabhu insurance

मेलम्चीको सुरूङ मर्मत: केयूकेएलले यसरी बाँड्दै छ घर–घरमा पानी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यका मा करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी नआउने भएको हो ।

उपत्यकामा पानी नआउने भएपछि खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारको लागि २ महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

जस अनुसार खानेपानीको तालिका फेरबदल गरेको खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार फेरबदल भएको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि हुनेछ ।

केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति जारी गरेर थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने जनाएको छ ।

सो नयाँ तालिका अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिनेछ भने बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सबै ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउनेछ ।

केयुकेएलका अनुसार सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइनेछ ।

मेलम्चीको पानी करिब दुई महिना नआउने, खानेपानीले यसरी बाँढ्दै छ घरघरमा पानी