back
hangrilabank
himalayanlife
stc

नेपाल सरकारलाई चार अर्ब ८० करोड सङ्घीय गणतन्त्र जर्मनीले अनुदान दिने

काठमाडौँ । नेपाल सरकारलाई सङ्घीय गणतन्त्र जर्मनीले  वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड भन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल र जर्मनीबीच जारी द्धिपक्षीय सहयोग अन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेरले आज अनुदान सहायता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ । रासस