कांग्रेसलाई १४ ओैं महाधिवेशनको चटारो
सभापतिमा देउवा नै निर्विकल्प हुने !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनको अन्तिम संशोधन मिति पारित भएसँगै कांग्रेसलाई महाधिवेशनको चटारोले छाएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा दोहोरिन राजनीतिक दौड सुरु गरेका छन् । कांग्रेसको भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौमा हुने १४ औं महाधिवेशनको कार्य तालिका केन्द्रीय कार्य समितिबाट पारित भएसँगै देउवाले चुनावी तयारी हिजो असार ५ गतेबाट सुरु गरेका छन् ।
सभापति देउवाले आफू निकट नेताहरुसँग प्रदेशगत छलफल सुरु गरेका छन् । शनिबार प्रदेश १ र २ का केन्द्रीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका देउवाले आज बागमती प्रदेश र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्दैछन् ।
आफू निकट नेताहरुसँगको छलफलमा सभापति देउवाले आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने बताएका छन् । आफ्नो जित सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताएर ल्याउनसमेत देउवाले निर्देशन दिएका छन् ।
२०७२ साल फागुन २५ मा सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा स्थापित भएका सभापति देउवा अझै एक कार्यकाल नेतृत्वमै रहन चाहन्छन् । जुन स्वभाविक पनि छ। अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरेका देउवासँग यसपटक प्रतिस्पर्धी को(को रहनेछन् भन्ने निश्चित भइसकेको छैन ।
यद्यपि आफ्नै समूह व्यवस्थापन गर्नुपर्ने चुनौती पनि देउवासामू छ । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरि भेटघाट तिव्र पारेका छन।
शनिबार देउवासँगको छलफलमै निधिले आफूले लामो समयदेखि देउवालाई सघाएको भन्दै यसपटक आफूलाई सघाउन देउवालाई अनुरोध गरेका थिए । सभापति देउवाले आफू उम्मेदवार बन्ने भएकोले तयारी गर्न निर्देशन दिएपछि निधिले उम्मेदवार त आफू पनि रहेको बताएका थिए ।
निधिले देउवालाई भनेका छन्. ‘मैले लामो समयदेखि तपाईंलाई सहयोग गरेको छु । यसपटक तपाई प्रधानमन्त्री बन्नुस् मलाई सभापतिमा प्रस्ताव गर्नुस्’ ।
त्यहाँ देउवाले सभापतिमा लड्ने कुरा निधिको व्यक्तिगत अधिकारको विषय रहेको जवाफ दिएका थिए । निधिले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर आफू सभापति उम्मेदवार बन्न खोजेका छन्। यसमा देउवा सहमत छैनन्।
नेता देउवा र निधि दुवैको सभापतिमा उठने तयारीले यस समूहमा समस्या पर्नसक्ने भएपनि अन्तिममा देउवा सभापति र निधि उपसभापति,पुर्ण बहादुर खडका र डा. प्रकाशशरण महत महामन्त्रीमा सहमति हुन सक्नेछ।
सभापतिमा निधिले दावी गरेपनि १५ ओैं महाधिवेशनमा सभापतिको उम्मेदवार सुनिश्चित हुन खोजेका छन। त्यसैले अन्तिममा उनीहरुमध्ये एक जनामात्रै उम्मदेवार भइ सहज हुनेछ ।
अन्तिमसम्म कुरा मिल्ने कुरामा देउवा पक्ष ढुक्क देखिन्छ । चार पटक मुलुकको कार्यकारी प्रमुख भइसकेका देउवालाई विद्यार्थी राजनीतिदेखि नै निधिले सघाउँदै आएका छन् ।
पार्टी विभाजनको बेलासमेत देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसमा निधि महामन्त्री थिए ।
नेपाली कांग्रेसको विगत हेर्दा पनि नेतृत्वमा स्थापित भइसकेपछि सहज ढंगले नेतृत्व हस्तान्तरण गरेको उदाहरण भेटिँदैन । सभापति देउवाले सभापतिमा दोहोरिन चाहनुको मुख्यकारण पार्टीलाई बलियो स्थितिमा पुर्याउने चाहना हो ।
अघिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको सर्वनाक हारका कारण बनेको असफल सभापतिको छवि सुधार्न देउवा आतूर छन् । अबको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सके सफल सभापतिका रुपमा स्थापित भइने देउवाको बुझाई छ ।
अर्कोतिर वर्तमान संविधान कार्यान्वयन नै देउवाले गराएका हुन । अब पार्टीलाई एक नम्बर बनाएर मात्रै विश्राम लिने देउवाको इच्छा छ। नेतृत्वको स्थायित्वका लागि पनि दुई पटक सभापति बन्न आवश्यक छ। कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ लिँदै अबको निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउन सकिने देउवाको बुझाई छ ।
आसन्न महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्न चाहने कांग्रेस नेताहरुको संख्या आधा दर्जन बढी छ । अघिल्लो पटक देउवासँग पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह,कृण्ण प्रसाद सिटौला र नेता डा।शेखर कोइराला देउवाका मुख्य प्रतिस्पर्धी हुन् ।
देउवाइतर पक्षबाट एकजना मात्रै उम्मेदवार रहने सम्भावना कमै देखिन्छ । सबै नेताले सभापतिमा दावेदारी प्रस्तुत गर्दै आफूले मात्रै देउवालाई हराउन सक्ने दावी गर्दै आएका छन् । तर वरिष्ठ नेता पौडेललाई भावी प्रधानमन्त्री र सिटौलालाई राष्ट्रपतिमा थामथुम पार्दै प्रकाशमान सिंह,डा। शशांक कोइरालालाई उपसभापति, डा।रामशरण महत,गगन थापालाई महामन्त्रीमा उठाएर डा। शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने सम्भावना पनि छ।
देउवा समूहबाट उपसभापति निधि र तेस्रो धारबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । विपक्षमा धेरै आकांक्षी हुँदा देउवालाई सहज हुने देखिन्छ । यद्यपि निधिलाई मनाउने चुनौती भने देउवासँग बाँकी नै रहेको छ । सिटौला उपसभापति पाए पौडेल पक्षबाट उम्मेद्वार बन्न तयार हुनेछन। यो समुहमा अर्जुननर सिंह केसीलाई कहाँ सेटल गर्ने समस्या छ। कांग्रेस भित्र केसी शक्तिशाली नेता हुन। देउवा पक्षबाट महामन्त्रीमा युवानेता ज्ञानेन्द्र बहादुर कार्की,बालकृष्ण खाँड,विश्व प्रकाश शर्मा पनि सशक्त प्रतिस्पर्धाका आकांक्षी हुन तर अहिले उनीहरूलाई मनाउने प्रयास हुन थालेको छ। उता पौडेल पक्षबाट बल बहादुर केसी,डा।महेश आचार्य र डा।मिनेन्द्र रिजालले पनि महामन्त्रीको आकांक्षा देखाउदै आएका छन। सहमहामन्त्रीमा भने युवा नेताहरूको दावी हुने देखिन्छ। खुला,आदिवासी जनजाति,महिला,मधेसी,थारू,दलित,मुसलमान,उपेक्षित क्षेत्र समुदायबाट एक(एक जना सहमहामन्त्री हुनेछन। जसमा देउवा पक्षबाट ज्ञानेन्द्र बहादुर कार्की,बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा,एनपी साउद,रमेश लेखक, सुनिल बहादुर थापा,भिष्मराज आङदम्बे,महालक्ष्मी ९डिना० उपाध्याय,पुष्षा भुषाल,राधेचन्द्र यादव, अजय चौरासिया,नरेन्द्र कुमार चौधरी, रामजनम चौधरी, मीन बहादुर विश्वकर्मा,मान बहादुर विश्वकर्मा ,फरमुल्लाह मन्सुर,अत्तहर कमाल मुसलमान,जीवन बहादुर शाही मध्येबाट उम्मेद्वार बनाउने छलफल शुरू भएको छ। रामचन्द्र पौडेल पक्षबाट चन्द्र भण्डारी, डा। मिनेन्द्र रिजाल,प्रदिप पौडेल,हृदयराम थानी,धनराज गुरूङ, कमला पन्त,रामकृष्ण यादव, उमाकान्त चौधरी, जीवन कुमार परियार, दिलेन्द्र प्रसाद वडु सहमहामन्त्री उठने चर्चामा छन्।
सभापतिमा देउवालाई हराउन सक्ने दरिलो उम्मेद्वार कांग्रेसमा अझै देखिएका छैनन्। देउवालाई टक्कर दिएर निधि उम्मेद्वार बने भने मात्रै देउवाले सभापति हार्लान नत्र देउवाको विकल्प कांग्रेसमा यो पटकलाई देखिदैन। देउवाले नै सभापतिमा सहज ढंगले जित्छन। विगतमा डा। शशांकको महामन्त्रीमा निस्कृय जस्तो भुमिकाले कोइराला परिवारबाट सभापतिमा डा। शेखर कोइराला अगाडि बढेका छन्। वरिष्ठ नेता पौडेल उम्मेद्वार भएभने पनि देउवा इतर पक्षबाट डा। शेखरको उम्मेदवारी दिने निश्चित छ। यसले पौडेल अझ कमजोर उम्मेद्वार हुनसक्ने हुदाँ डा। शेखरले पौडेललाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अधि सारेर आफू पौडेल,प्रकाशमान सिंह,डा। शशांक कोइराला,कृण्ण प्रसाद सिटौला,डा। रामशरण महत, अर्जुननर सिंह केसी,कुल बहादुर गुरूङको साझा उम्मेद्वार बन्न सक्ने बलियो सम्भावना पनि छ। यसो भयो भने अन्तिममा देउवा र डा।शेखरको प्रतिस्पर्धा हुन सक्छ।
वि.सं.२०७८ असार ६ १३:१८