एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै आवेदन दिन सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सजिलो सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल प्लेटर्फम मार्फत सहज रुपमा यो सुविधाको प्रयोग गर्न सक्नेछन् ।
यसको लागि बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आइसर्भ भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी डेबिट कार्ड रिप्लेशमेन्ट मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
ग्राहकले डेबिट कार्ड रिप्लेशमेन्टमा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेको ओटिपी राखेर भेरिफिकेसन गर्नुपर्छ । भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी अगाडी बढ्न सक्नेछन् ।
आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउनेछ ।
यस अनलाईन सुविधाले ग्राहकहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइ राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
वि.सं.२०७८ असार ६ १३:११