back
hangrilabank
himalayanlife
stc

भारतीय राजदूतावासले सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २०७८ असार ७ गतेका दिन जारी India@75 ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यम मार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ ।
कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्धारा स्वीकृत ‘‘Common Yoga Protocol’ अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।

सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गर्नुभएको थियो भने सो कार्यक्रमलाई नेपालभरीबाट हेरेका थिए ।

योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाज सहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो बाहेक, योगाचार्य श्री सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो ।

दूतावासले भर्चुअलि आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालभरीका नेपालीहरुले सहभागीता जनाएका थिए ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको बारे सबैलाई अवगत छ ।

उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिनुभएको थियो ।