आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषको लाभांश १७.८९ प्रतिशत सुरक्षित गर्ने आज असार ७ गते सोमबार अन्तिम दिन हो ।
कम्पनीले गत वर्षको नाफाबाट ९५ बोनस सेयर र करसहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्दैछ । कोषले सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्दैछ
यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । कोषको वार्षिक साधारण सभा असार १८ गते बस्दैछ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुनेछ ।
वि.सं.२०७८ असार ७ ०८:१५




















