back
prabhu insurance
himalayanlife

उद्योगी,व्यापारी र श्रमिक खोपको प्राथमिकतामा परेनन

काठमाडौं । सरकारले चलायमान हुने मानिसहरूलाई कोरोना महामारी विरूद्वको खोपको प्राथमिकतामा पार्न सकेको छैन । अघिल्लो सरकारले खोप लगाउदा लक्ष्यित वर्ग तोक्न सकेन भने वर्तमान शेर बहादुर देउवा सरकारले पनि त्यस्तै पदचाप लिएको देखिदैछ।

देउवा सरकारले कोरोना विरूद्वको खोप सबै जनतालाई दिने नीति लिएपनि खोप खरिदका लागि कुनै ठोस प्रकृया शुरू गरेको पाइदैन। उद्योगी,व्यवसायी,यातायात मजदुर, श्रमिक, शिक्षक,बैंक, वित्तिय संस्था, सहकारीका कर्मचारीलाई कोरोना खोप दिने नीति लिएको छैन।

निषेधा आदेश खुकुलो पारेसँगै बजारमा मानिसहरूको भिडभाड बढेको छ। व्यापारीले खोप लगाउन नपाउदा कोरोना महामारी सर्ने सम्भावना बढेको छ।

बैंक तथा वित्तिय संस्था,सहकारीका कर्मचारी,सबै व्यापारी,सबै यातायात मजदुर, वर्कसप,ग्यारेज, उधोगका व्यावस्थापक,सबै श्रमिकलाई पहिलो प्राथमिकतामा पारेर खोप दिनु पर्ने उधमी व्यवसायीहरूले माग गर्दै आएका छन।

यसैगरि सरकारी सेवा प्रवाह गर्ने कर्मचारीलाई पनि अनिवार्य खोपको व्यवस्था गर्न जरूरी छ। व्यापारी र यातायात मजदुरलाई खोप नदिदा काठमाडौं उपत्यकामा कोरोना महामारी फेरि बढन थालेको छ।

यसरी नै कोरोना फैलिन थाल्यो भने फेरि महामारी नआउला भन्न सकिने अवस्था छैन। त्यसैले घर बाहिर निस्किने सबै जनशक्तिलाई अनिवार्य खोप दिलाउने व्यवस्था सरकारले गर्नु पर्दछ।

दैनिक सयौं मानिसहरूसँग सम्पर्क हुने व्यापारीहरू कोरोनाको खोप दिन आवश्यक देखिन्छ। नेपाल उधोग वाणिज्य महासंघ, नेपाल उधोग परिसंघ,नेपाल चेम्वर अफ कमर्श आदि उधोगी व्यवसायी संघ –संगठनहरूले कोरोनाको खोप लगाउन माग गरेका पनि छन्।