back
stc
prabhu insurance

जसपाका नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरू आज १०:३० बजेदेखि नै निर्वाचन आयोगमा उपस्थित भैरहेका छन। निर्बाचन आयोगको कार्यालयमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहस र बिबादको निरुपण गर्नुपर्ने भएकोले आज जसपाको उपेन्द्र यादब पक्ष र महन्थ ठाकुरको पक्षका नेताहरुलाई सुरुमा दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरुलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा (६) बमोजिम आफनो परिचय खुल्ने नागरिकताको सकल प्रति वा मतदाता परिचयपत्रको सकल प्रति लिइ स्वयम आयोगमा उपस्थिति हुनको लागि दुबै पक्षलाई बोलाएको हुँदा आज निर्वाचन आयोगमा आ–आफनो पक्षमा सनाखद गर्न नेताहरु १०स:३० बजेबाट आयोग प्रवेश गरेर ११ बजे बाट सनाखद सुरु भएको छ ।

सो लागि प्रवेश गर्ने जसपा उपेन्द्र यादव पक्षधर नेताहरूमा उपेन्द्र यादव,डा. बाबुराम भट्टराई,राजेन्द्रप्रसाद श्रेष्ठ, राम सहाय यादव, हिसिला यमी,प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नम्बर २ का अशोक कुमार झा ,राजकिशोर यादव , महेन्द्र राय यादव , अशोक राई लगायतका ३०/३५ जना उपस्थिति रहेका छन ।

त्यस्तै महन्थ ठाकुर पक्षका उपस्थिति रहेको नेताहरुमा महन्थ ठाकुर , केशव झा , राजेन्द्र महतो,अनिलकुमार झा ,लक्ष्मणलाल कर्ण , शरत सिह भण्डारी लगायत २०/२५ जना नेता कार्यकर्ता छन। सनाखद अहिले सम्म जारी रहेको छ।

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू गोदावरीस्थित एक रिसोर्टबाटै आज ‘हेडकाउन्ट’ का लागि निर्वाचन आयोग पुगेका छन्।

जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई नागरिकता सहित आज बिहान ११ बजे बोलाएको थियो। त्यसका लागि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू गोदावरीबाटै आयोगका छन।

यादव र भट्टराईले आफ्नो पक्षका सबै केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई आइतबार गोदावरीस्थित एक रिसोर्टमा लगेका थिए। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई आफ्नो पक्षमा तान्न सक्ने सम्भावना रहेको जनाउँदै रिसोर्ट लगेका हुन्।

रिसोर्टमा यादव र भट्टराई सहित ३२ जना सदस्य बसेका थिए। जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ। दुई जना निलम्बितसहित ३४ जना सांसदमध्ये यादवको पक्षमा २० सांसद देखिएका छन्।

जसपाका एक नेताका अनुसार, गएराति रिसोर्टमा बसेका केन्द्रीय कार्यकारिणी समिति सदस्यमा यादव र डा. भट्टराईसँगै अशोककुमार राई, राजेन्द्रप्रसाद श्रेष्ठ, महेन्द्र राय यादव, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, गंगानारायण श्रेष्ठ, हेमराज राई, रणध्वज लिम्बू, डम्बर खतिवडा, दुर्गा सोव, दानबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव, प्रकाश अधिकारी, इस्तियाक राई, परशुराम बस्नेत, नवलकिशोर साह, प्रशान्त सिंह, भक्तबहादुर शाह, गजाधर यादव, सुशीला श्रेष्ठ, रामनरेश राय यादव, विजयकुमार यादव, मृगेन्द्रकुमार सिंह, अमृता अग्रहरी र रमेश यादव रहेका छन्।