डिम्याट खातामा नेपाल एग्रो लघुवित्तको बोनस सेयर जम्मा
काठमाडौं। सम्बन्धित सेयरधनीको डिम्याट खातामा नेपाल एग्रो लघुवित्तले १४% बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले हालसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर साउन ८ गते खातामा पठाइदिएको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
नेपाल एग्रोको असार २१ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४५ बोनस सेयर र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
वि.सं.२०७८ साउन ११ १०:२४