back
stc
prabhu insurance

फेरि निषेधाज्ञा लगाउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)संक्रमणको जोखिम बढेको भन्दै फेरि स्मार्ट लकडाउन वा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको बुझिन आएको छ ।

सीसीएमसी प्रवक्ता नुरहरि खतिवडाका अनुसार स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने भएको छ ।