back
stc
prabhu insurance

एसईई रिजल्ट प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज अपरान्ह प्रकाशित गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रा।लि।बाट ३४९४९ आकाश टेक प्रा.लि.बाट ३१००१ र जानकी टेक्नोलोजी प्रा.लि. मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६००, एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गरिएको जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा. लि., इडियु संजाल, नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रा.लि. र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।