back
hangrilabank
himalayanlife
stc

शेयर बजार नेप्से ३१६१.४४ पुग्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साउन २६ गते मंगलबार ५२ अङ्कले बढेको छ । नेप्से हिजो ५१ दशमलव ८६ अङ्कले बढेर ३ हजार १ सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ ।

हिजो बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको ४ सय ६ अङ्कले, फाइनान्सको १ सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर २ सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर १ सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर ८ अङ्कले बढेको थियो ।

पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर हिजो भने केही अंकले घटेको छ । हिजो २ सय २५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको सेप्सेले जनाएको छ ।